रोल्पामा कांग्रेस-माओवादी कार्यकर्ताबीच झडप, तरुण दलका वडाध्यक्ष घाइते

रोल्पा- रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गएराति झडप भएको छ। झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।     

घाइते हुनेमा कांग्रेस तरुण दलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शख्त घाइते बनाएको कांग्रेस गंगादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।     

तरुण दलका वडाध्यक्ष बुढामगरको अवस्था चिन्ताजनक छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। 

घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए।   

प्रतिक्रिया