प्रदेश दुईका नवनियुक्त मन्त्रीद्वय महतो र यादवद्वारा पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । प्रदेश दुई सरकारका नवनियुक्त दुई मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्री लालबाबु राउतले गतसाता उनीहरुलाई मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया