निर्वाचन आयोग: उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ। 

आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मंगलबार बेलुका ६ बजेसम्मको १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। अहिले सार्वजनिक भएको सूचीमा थपघट हुन सक्ने आयोगले जनाएको छ।

‘केही स्थानमा निर्वाचनको संसोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरुमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रबिस्ट हुन बाँकी भइ विवरणमा केही थपघट हुन सक्नेछ,’ आयोगले भनेको छ।

प्रतिक्रिया