भारतमा २०२० मा ८१.२ लाख मानिसको मृत्यु

काठमाडौं– भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार सन् २०२० मा ८१.२ लाख मानिसको मृत्यु भएको छ। जुन सन् २०१९ को तुलनामा ६.२ प्रतिशत बढी हो। सन् २०१९ मा ७६.४ लाख मानिसको मृत्यु भएको थियो।

जसमध्ये २०२० मा कोरोनाका कारण १ लाख ४८ हजार जनाको मृत्यु भएको थियो भने २०२१ मा यो संख्या ३ लाख ३२ हजार थियो।

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशमा ५ लाख २३ हजार ८८९ जनाको कोरोनाका कारण ज्यान गएको छ।

महाराष्ट्र, बिहार, गुजरात, पश्चिम बंगाल, आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटक, मध्य प्रदेश, राजस्थान, असम र हरियाणा जस्ता राज्यहरू २०१९–२०२० सम्म मृत्युको संख्यामा वृद्धि भएको छ।

सन् २०१९ को तुलनामा सन् २०२० मा दर्ता भएका जन्म तथ्यांकमा पनि २.४ प्रतिशतले कमी आएको छ। सन् २०१९ मा जन्मेका मानिसको संख्या २ करोड ४८ लाख थियो, जुन २०२० मा घटेर २ करोड ४२ लाख पुगेको छ।

प्रतिक्रिया