मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका ‘द हिन्दु’ का अनुसार मोदी जेठ २ गते लुम्बिनी भ्रमणमा आउने भएका हुन्।

समाचारमा जनाइएअनुसार मोदीको भ्रमण केही घण्टाको मात्रै हुनेछ। मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ। 

मोदी र समकक्षी शेरबहादुर देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ। 

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा गरी चार पटक नेपालको भ्रमण गरेका थिए। सन् २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए। सन् २०१५ मा नाकाबन्दी र त्यसपछि सन् २०१९ मा सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो।

यो भ्रमणबाट बुद्धको जन्मस्थललाई लिएर उत्पन्न विवादलाई पनि मत्थर पार्ने अपेक्षा गरिएको द हिन्दुले लेखेको छ। 

प्रतिक्रिया