अमेरिकासँगको सम्बन्धप्रति साउदी असन्तुष्ट

काठमाडौं– साउदी अरबले अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेको छ।

साउदी अरेबियाको शाही परिवारका सदस्य राजकुमार अल–फैसलले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताए। 

जमाल खशोग्गीको हत्यापछि अमेरिकासँग साउदी अरबको सम्बन्ध बिग्रिएको थियो। खशोग्गीको हत्या साउदी एजेन्टले गरेका थिए। यमन युद्धका कारण दुवैको सम्बन्ध बिग्रँदै गएको छ।

साउदी नेतृत्वको गठबन्धनले सात वर्षदेखि हुथी विद्रोहीसँग लड्दै आएको छ। पछिल्लो समय साउदी अरब रुसतर्फ झुकेको देखिन्छ।

युक्रेनमाथि हमलापछि अमेरिका, युरोपेली संघ र अन्य देशले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ। तर, संयुक्त अरब इमिरेट्सले रुसमाथि अहिलेसम्म कुनै प्रतिबन्ध लगाएको छैन।

प्रतिक्रिया