उद्धव पौडेलद्वारा राप्रपा नेपाल परित्याग

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले पार्टी अध्यक्ष कमल थापालाई बुधबार राजीनामा बुझाएका हुन् । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए ।

उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। थापाले पौडेललाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेका थिए ।
 

प्रतिक्रिया