झापामा फेबर ब्राण्डका ‘किचन सामग्री’ को सोरुम

बिर्तामोड। झापाको प्रमुख व्यापारिक शहर विर्तामोडमा विश्व प्रसिद्ध फेबर ब्राण्डको अत्याधुनिक ‘किचन सामग्री’हरुको सोरुम सञ्चालनमा आएको छ। नेपालका लागि आधिकारिक विक्रेता आरके ओभरसिजले प्रदेश नं १ मा विराटनगरपछि विर्तामोडबाट फेबर ब्राण्डको किचन सामग्रीहरुको मंगलबारदेखि बिक्री शुरु गरेको हो।

बिराटनगरमा पाएको सफलता र पूर्वका उपभोक्ताहरुको बढ्दो मागलाई ध्यानमा राख्दै फेबरको किचन सामग्रीहरुको सोरुम सञ्चालनमा ल्याइएको सञ्चालक रुपेश अग्रवालले जानकारी दिए।

Faber 2इटालीमा उत्पादन शुरु भई विश्वका विभिन्न देशमा लोकप्रिय बनेको फेबर ब्राण्डका किचन सामग्रीहरु आकर्षक डिजाइन, उपयोगी, निकै गुणस्तरीय रहेकोले उपभोक्ताको रोजाइमा परेको र यसको माग बढ्दै गएको पाइएपछि उपभोक्ताको सहजताका लागि बिक्रीकेन्द्र विस्तार गर्दै जाने सोचअनुरुप विर्तामोडमा पनि सोरुम सञ्चालन गरिएको अग्रवालको भनाइ छ।

मंगलबार विहान शुभमुहूर्तमा संक्षिप्त कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल र अग्रज उद्योगी–व्यवसायी राधेश्याम गोयलले संयुक्त रुपमा सोरुमको उद्घाटन गरे।
 
कार्यक्रमका प्रमुख अतिथि ढकालले नेपाली उपभोक्ताहरुले सुविधायुक्त, आकर्षक र गुणस्तरीय वस्तुहरु खोज्न थालेकोले फेबरका किचन सामग्रीहरुको बिक्री बढ्ने र यसमा सञ्चालकहरुलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गरे। उद्घाटन कार्यक्रममा चेम्बर अफ कमर्स प्रदेश नं १ का उपाध्यक्ष सन्तोष अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का सदस्य विनोद वस्नेत, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारीलगायतले व्यवसाय सफलताको शुभकामना दिएका थिए ।

Faberविर्तामोडको काँकरभिट्टा रोडमा सञ्चालनमा ल्याइएको सो सोरुममा अत्याधुनिक ग्यास चूल्हो, चिम्नी, गिजर, डिस वासर (भाँडा माझ्ने मेशिन) ओवन, माइक्रो ओवन, मिक्स्चर मेशिन, अटोमेटिक लिक्विड डिस्पेन्सरलगायतका सामग्री सुलभ मूल्यमा लामो अवधिको वारेन्टीसहित उपलब्ध हुने अर्का सञ्चालक रोहित अग्रवालले जानकारी दिए। विभिन्न आइटममा ५ वर्षदेखि १२ वर्षसम्मको वारेन्टी रहेको उनको भनाइ छ।

भारतको पुणे महाराष्ट्रमा बृहत रुपमा उत्पादन गर्दै आएको प्रेन्की फेबर प्रा.लि.का यी उत्पादनले नेपाली बजारमा उत्साहजनक प्रतिक्रियाका साथ बिक्री भइरहेको सो प्रा. लि. का कन्ट्री म्यानेजर गोपाल मेहराले बताए।

प्रतिक्रिया