एमालेका विजय सुवेदीद्वारा भरतपुरको मेयरमा उम्मेदवारी

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार पार्टी कार्यालयबाट ठूलो संख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुवेदीले मेयरमा उम्मेदवारी दिन केही दिनअघि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । भरतपुरको उपमेयरमा एमालेले राप्रपासँग तालमेल गरेको छ। तालमेलका आधारमा राप्रपाले उपमेयरमा उम्मेदवारी दर्ता गर्नेछ ।
 

प्रतिक्रिया