कक्षा १२ को पूर्व निर्धारित परीक्षा समय परिवर्तन

काठमाडौं– कक्षा १२ को पूर्व निर्धारित परीक्षाको समय परिवर्तन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले समय परिवर्तन गरिएको जनाएको छ। 

यस वर्षको कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ। चैत ५ र ६ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार परीक्षा बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालनको समय निर्धारण गरेको थियो।

तर, विभिन्न क्षेत्रको सुझाव पछि बोर्डले परीक्षाको समय परिवर्तन गरेको हो। अब निर्धारित मितिमै जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ।

No description available.

प्रतिक्रिया