एमालेले काठमाडौंको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेको पाँच महानगरपालिका र नौ उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । शनिबार साँझ बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोक्न बाँकी रहेको छ । बैठकले छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका मध्ये एउटा महानगरपालिका र दुई वटा उपमहानगरपालिकाको उम्मेदवारीको नाम टुंगो लगाउन बाँकी रहेको गुरुङले जानकारी दिए ।

विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी रहेको छ ।

उपमहानगरपालिकाको उम्मेदवारमा सिफारिस हुनेहरुमा धनगढीको मेयरमा रणबहादुर चन्द, उपप्रमुखमा कन्दकला राना थारु, नेपालगञ्जको मेयरमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराहीको मेयरमा नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी, बुटवलको मेयरमा बाबुराम खड्का, उपमेयरमा सावित्रादेवी अर्याल, हेटौंडाको मेयरमा अनन्त पौडेल, उपमेयरमा सुमित्रा काफ्ले, धरानको मेयरमा मञ्जु भण्डारी, उपमेयरमा पदम लिम्बु, इटहरीको मेयरमा यमकुमार सुब्बा, उपमेयरमा संगीता चौधरी, कलैयाको मेयरम विनोद साहलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया