चन्द्रागिरिमा महिलालाई वितरण गर्न राखिएका साडी प्रहरीद्वारा बरामद

काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिकाले निर्वाचन आचारसंहिता विपरित महिलाहरुलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेको छ। निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरुलाई वितरण गर्न भनि नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो ।

शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरुलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले साडी बरामद गरेको हो । घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया