घरेलु मूल्य स्थिर गर्न इन्डोनेसियामा पाम तेलमाथि प्रतिबन्ध

काठमाडौं– इन्डोनेसियाले अप्रिल २८ देखि पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको छ।

इन्डोनेसियामा खाद्यान्नको मूल्य बढेपछि राष्ट्रपति जोको विडोडोले खाना पकाउने तेल र त्यसको कच्चा पदार्थको ढुवानी रोक्ने घोषणा गरेका छन्। त्यसयता इन्डोनेसियामा पाम तेलको निर्यातमा प्रतिबन्धको घोषणा गरिएको थियो।

यसअघि इन्डोनेसियाले जनवरीमा पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको थियो, जुन मार्चमा हटाइएको थियो। तर, त्यसबेला इन्डोनेसियाको यो कदमले विश्वका धेरै वस्तुको मूल्यमा भारी वृद्धि भएको थियो।

पाम तेल संसारको सबैभन्दा लोकप्रिय वनस्पति तेल हो र यो दैनिक जीवनमा प्रयोग हुने कम्तीमा ५० प्रतिशत उत्पादनहरूमा प्रयोग गरिन्छ। यति मात्र होइन, उद्योगमा पनि यसको प्रयोग हुन्छ।

इन्डोनेसिया पाम तेलको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता हो। उसले आफ्नो घरेलु मूल्य स्थिर गर्न यस्तो कदम चाल्छ, यसले विश्वव्यापी बजारलाई असर गर्छ।

इन्डोनेसियामा हालैका महिनाहरूमा खाद्य तेलको मूल्य ह्वात्तै बढेको छ। यस विषयमा धेरै सहरमा प्रदर्शन पनि भएका छन्।

प्रतिक्रिया