विमला अधिकारीको 'मनकली' को विमोचन

काठमाडौं । साहित्यकार विमला अधिकारीको 'मनकली' उपन्यास विमोचन गरिएको छ । लेखक संसार नेपालको प्रथम वार्षिकोत्सव समारोहमा अधिकारीको उपन्यास मनकलीको विमोचन गरिएको हो । पुस्तकबारे समालोचक उपप्राध्यापक मनमाया पोखरेल र डा. गोविन्दमान सिंह कार्कीले समीक्षात्मक टिप्पणी गरेका थिए ।

 कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङ र राइटर्स इन्टरनेशनलका  ग्लोवल अध्यक्ष ज्ञानेन्द्र गदालले भाषा, साहित्यको सेवा र विस्तारमा लामो समयदेखि निरन्तर समर्पित र योगदान दिने तीन संस्थाका प्रतिनिधिहरू शारदा मासिक पत्रिका (बिमल भौकाजी), गुन्जन नारी साहित्य संस्था (जलेश्वरी श्रेष्ठ), र  वासु शशि स्मृति परिषद् ( प्रधुम्न जोशी ) जनही  ५१ हजार र प्रमाणपत्र सहित सम्मान गरेका थिए । आफ्ना लागि पढौं, अरुका लागि लेखौं भन्ने अवधारणालाई साकार तुल्याउन गठित राइटर्स इन्टरनेशनल विश्वका ११ मुलुकमा क्रियाशील छ ।
 

प्रतिक्रिया