राजनीतिमा रुपको रवाफ

हिना रब्बानी अर्थात् ‘ब्युटी विथ ब्रेन’

काठमाडौं। पाकिस्तानमा शहबाज शरिफ क्याबिनेटले सोमबार सपथ लिएको छ। आसिफ अली जर्दारीको पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को कोटाबाट हिना रब्बानी खारलाई राज्यमन्त्री नियुक्त गरिएको छ। 

मन्त्रीमण्डलमा हिनाको उपस्थितिलाई लिएर एकपल्ट फेरि चर्चा चुलिएको छ। ४४ वर्षीय हिनालाई ‘ब्युटी विथ ब्रेन’ को संज्ञा दिनेको जमात पाकिस्तानमा ठूलै छ। 

hina

हिना मूलतः जमिन्दार परिवारबाट प्रतिनिधित्व गर्छिन्। 

सन् २०११ मा उनी पाकिस्तानको सबैभन्दा युवा तथा पहिलो महिला विदेशमन्त्री नियुक्त भएकी थिइन। मृद्धभाषी हिनाले केही दिनअघि मात्र इमरान खान सरकारको पालामा विदेशमन्त्री बनेका शाह महमुद कुरैशीलाई एउटा प्रश्न सोधेकी थिइन्। जसको उत्तर दिन कुरैशीलाई हम्मे–हम्मे परेको थियो।

करिब एक दशक राजनीति बृत्तमा गुमनामको जीवन बिताइरहेकी हिनालाई सोमबार एक्कासी पद तथा गोपनीयताको सपथ दिलाउँदा सबै चकित परेका थिए। आखिर उनी पुनः राजनीतिको शिखरमा कसरी पुगिन? यसको रोचक कथा छ।

हिना पाकिस्तानी राजनीतिको एउटा यस्ती नेता हुन्, जो फाइदाका लागि पार्टी परिवर्तन गर्दै हिँडिनन्। त्यसैले उनी १० वर्ष भूमिकाविहिन बनिन्। आर्थिक रूपमा सम्पन्न तथा आफ्नो बोलीमा अडान राख्ने जमिन्दार परिवारमा जन्मिएका कारण हिनाको सानैदेखिको छवि पनि यस्तै छ। उनले सन् २००२ मा अमेरिकाको म्यासाचुसेट्स विश्वविद्यालयबाट विदेश सम्बन्ध तथा भाषामा स्नातकोत्तर गरेकी थिइन्। केही वर्ष प्राध्यापन पेसामा जोडिएपछि उनी पाकिस्तान फर्किएर एक्कासी राजनीतिमा प्रवेश गरेकी थिइन्। 

राजनीति गर्नका लागि उनले पीपीपी पार्टी चयन गरेकी थिइन्। जुन अहिले पनि यथावत छ। उनका श्रीमानको नाम फिरोज गुलजार हो। उनी दुई बच्चाकी आमा पनि हुन्। उनको र पार्टीका युवा नेता बिलावल भुट्टोसँगको सम्बन्धलाई लिएर उनी २०१२ मा चर्चामा पनि आइन्। 

वास्तवमा त्यतिबेला बंगलादेशको अखबार ‘द ब्लिट्ज’ ले एउटा समाचार प्रकाशित गरेको थियो, जसले पाकिस्तानको राजनीतिमा हलचल पैदा गर्यो। समाचारमा उल्लेख थियो, ‘बिलावल भुट्टो जर्दारी र पाकिस्तानकी विदेशमन्त्री हिना रब्बानी खार बीच सम्बन्ध छ। यसको प्रमाण बिलावलका पिता आसिफ अली जर्दारीसँग छ र उनलाई यो अफेयर चित्त बुझेको छैन।’

एक प्रकारले भन्नु पर्दा, जर्दारीको असन्तुष्टी हिनाको उमेरलाई लिएर हो। उनी बिलावलभन्दा १० वर्ष जेठी छिन्। दोस्रो कुरा, हिना पञ्जाब प्रान्त मुल्तानबाट प्रतिनिधित्व गर्छिन्। बिलावल सिन्धबाट प्रतिनिधित्व गर्छन्। पञ्जाबमा बसोबास गर्ने पाकिस्तानीहरू सिन्ध प्रान्तका नागरिकसँग सम्बन्ध राख्नबाट बच्ने गरेका छन्। बिलावलको दुई बहिनी पनि हिनालाई मन पराउँदैनन्। 

hina2

सन् २०१२ मा बिलावल र हिनाबीचको अफेयर खुलेपछि अवस्था बिग्रिएको थियो। राजनीतिक रूपमा यो कुराले आफूलाई कमजोर पार्ने देखेपछि जर्दारीले पत्रकार–सम्मेलनको आयोजना गर्दै अफेयरको समाचारको खण्डन गरेका थिए। यस सम्बन्धमा हिनाका श्रीमान फिरोज गुलजारले पनि एउटा विज्ञप्ती सार्वजनिक गरेका थिए। उनले यतिबेला आफ्नो परिवारलाई बदनाम गर्न रचिएको प्रपञ्च भनेका थिए।  

हिनाले न्ययोर्कमा भनेकी थिइन्, ‘तत्काल म यो मुद्धामा केही बोल्न चाहन्न।’ हिना परराष्ट्रमन्त्री हुँदा एसएम कृष्ण भारतमा विदेशमन्त्री थिए। दुईबीच धेरैपटक भेटघाट पनि भएको थियो। त्यो समय पाकिस्तानमा हरेक दिन आतंकवादी हमला भइरहन्थ्यो। हिनाले दुई पटक भारत भ्रमण गरेकी थिइन्। अजमेर दरगाहमा पूजापाठ गर्नुका साथै उनी भारतका धेरै ठाउँमा पनि पुगेकी थिइन्। उनले संयुक्त राष्ट्र संघमा तीन पटक पाकिस्तानको प्रतिनिधित्व गरेकी थिइन्।

सन् २०१२ मा हिनासँग जोडिएको अर्को मुद्दा पनि हेडलाइन बनेको थियो। कर्नाटकको रायचुरमा कोचिङ क्लास चलाउने अमरेशले हिनालाई फोनबाट अश्लील कुरा सुनाका थिए। पाकिस्तानको विदेश विभाग र लाहोर प्रहरीले औपचारिक रूपमा भारतलाई यसबारे जानकारी गराएको थियो। अमरेशले आरोपको खण्डन गर्दै भनेका थिए– यो काम मेरो कक्षाको विद्यार्थीले गरेको हुनुपर्छ।

प्रतिक्रिया