पाकिस्तानमा राष्ट्रपति पुनः अनुपस्थित, ३१ सदस्यीय मन्त्रीमण्डल गठन

इस्लामाबाद। पाकिस्तानमा राष्ट्रपतिको अनुपस्थितिमा नयाँ मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति आरिफ अल्वी गत मंगलबार बिरामी भएपछि छुट्टिमा बसेका छन्। तर, इमरान खानलाई विस्तापित गर्दै प्रधानमन्त्री बनेका शहबाज शरिफले राष्ट्रपतिको अनुपस्थिति मै सोमबार ३१ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन्। ३ जना राज्य मन्त्रीलाई पनि सपथ गराइएको थियो।

प्रधानमन्त्री शहबाज शरिफले पनि राष्ट्रपतिबाट सपथ लिएका छैनन्। अल्वी इमरानका नजिकका साथी हुन्। उनीहरूलाई पाकिस्तानी सांसदका अध्यक्ष सादिक संजरानीले सपथ गराएका थिए।

नयाँ मन्त्रीमण्डलमा पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानी खारलाई राज्यमन्त्री नियुक्त गरिएको छ। उनी युसुफ रज्जा गिलानीको सरकारमा विदेशमन्त्री थिइन। नयाँ मन्त्रीमण्डलमा २० नयाँ अनुहारले स्थान पाएका छन्। विदेशमन्त्रीको जिम्मेवारी दिने सम्भावना रहेका बेनिजिर भुट्टोका छोरा बिलावलले कुनै पद पाएनन्। उनको पाकिस्तान पिपल्स पार्टीबाट भने ९ जनालाई मन्त्री बनाइएको छ। अहिले ३१ सदस्यीय क्याबिनेट, ३ राज्यमन्त्री र ३ जनालाई सल्लाहकार नियुक्त गरेको पाकिस्तानी मिडियाले जनाएका छन्। एजेन्सी
 

प्रतिक्रिया