पाकिस्तानी प्रधानमन्त्री सरिफका छोरा पञ्जाब प्रान्तको मुख्यमन्त्री

काठमाडौं– पाकिस्तानकी प्रधानमन्त्री शाहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा निर्वाचित भएका छन्।

शनिबार इमरान खानको पार्टी पीटीआईले पञ्जाब विधानसभामा मतदान बहिष्कार गरेको थियो। त्यसपछि भएको मतदानमा हम्जाले १९७ मत पाए।

अखबार जंगका अनुसार पञ्जाब विधान सभाका उपसभामुख दोस्त मोहम्मद मजारीले हम्जाको मुख्यमन्त्रीमा निर्वाचित भएको आधिकारिक घोषणा गरेका थिए। मतदान हुनुभन्दा अघि सभामा निकै हंगामा भएको थियो।

पीटीआईका मुख्यमन्त्री पदका उम्मेदवार परवेज इलाहीले आफूमाथि घातक हमला भएको बताएका छन्। यता,  पीटीआईका विधायकहरूलाई उपसभामुख मजारीलाई सदन भित्र घेराएको आरोप लागेको छ।

अखबारका अनुसार पीटीआईका विधायकहरूले मजारीलाई हातपात गर्दे कपाल तानेका थिए। पछि सुरक्षाकर्मीलाई सदनभित्र बोलाउनु परेको थियो।

प्रतिक्रिया