अफगानिस्तानमा पाकिस्तानको ‘एयरस्ट्राइक’, ६ जनाको हत्या

काठमाडौं । पाकिस्तानको ‘एयरस्ट्राइक’ मा आफ्नो देशका ५ बालबालिका तथा एक महिलाको हत्या भएपछि अफगानिस्ताने कडा प्रतिक्रिया जनाएको छ। । 

पाकिस्तानले शनिबार अफगानिस्तानको खोस्त र कुनार प्रान्तमा ‘एयरस्ट्राइक’ गरेको थियो। अफगानिस्तानको प्रहरीले जनाएअनुसार पेसा मिला र मिर सफरमा बमबारी भएको थियो। ‘एयरस्ट्राइक’ पछि अफगानिस्तानका नागरिकले सडकमा उत्रिएर पाकिस्तानको विरूद्ध नाराबाजी गरेका थिए। 

अफगानिस्तानमा भएको हमलाको विषयमा पाकिस्तान सरकारको कुनै आधिकारीक टिप्पणी आएको छैन। पाकिस्तानी संचारमाध्यमकाअनुसार ‘एयरस्ट्राइक’ ताहरिक–ए–तालिबान पाकिस्तान (टिटीपी) विरूद्ध प्रायोजित थियो। 

यो घटनाको अफगानी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको छ। तालिबान सरकारले पाकिस्तानी राजदूत मनसुर अहमद खानलाई प्रष्टीकरणका लागि बोलाएको थियो। पाकिस्तानी राजदूतसँगको भेटमा अफगानी विदेशमन्त्री आमिर खान मुल्ताकी र उप रक्षा मन्त्री अल्हाज मुल्ला सिरिन अखुण्ड पनि सहभागी थिए। 

तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीट गर्दै पाक सरकारलाई चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘अफगानी सरकार पाकिस्तानलाई चेतावनी दिन चाहन्छ, यस्तो गल्ती पुनः दोहरिएको खण्डमा नराम्रो परिणामका लागि तयार भएर बसे हुन्छ। पाकिस्तानले अफगानीको सयमताको परीक्षा नलिओस्। दुई देशबीचको समस्या राजनीतिक तरिकाबाट सुल्झाउँदा राम्रो हुन्छ।’

277974794_691243738734108_3681259204409398142_n

 पाकिस्तानी संचारमाध्यमकाअनुसार टिटीपी र पस्तुन इस्लामिक समूहलाई निशाना बनाउन ‘एयरस्ट्राइक’ गरिएको थियो। गत शुक्रबार पनि अफगानिस्तानको गोर्बज जिल्लामा पाकिस्तान र अफगानी सेनाबीच झडप भएको थियो।
 

प्रतिक्रिया