जो रुटले त्यागे इंग्ल्याण्डको कप्तानी  

काठमाडौं। इंग्ल्याण्ड टेस्ट टिमका कप्तान जो रुटले कप्तानी पदबाट राजीनामा गरेका छन्। वेष्ट इन्डिज शृंखलामा पराजय भोगेपछि रुटले यो कदम उठाएका हुन्। उनी विगत ५ वर्षदेखि टिमको कप्तान नियुक्त थिए।

रुटले ६४ टेस्टमा टिमको नेतृत्व गरे। जसमा इंग्ल्याण्ड २७ खेलमा विजयी भयो। उनको कप्तानीमा इंग्ल्याण्डले राम्रो प्रदर्शन गरेको थियो। तर, उनी विगत एक वर्षदेखि आफ्नो फर्मलाई लिएर विचलित थिए। पछिल्लो एक वर्षयता १७ खेलमा इंग्ल्याण्डले १ मा मात्र जित र ११ मा पराजय भोगेको थियो। 

३१ वर्षीय ब्याट्सम्यानले कप्तानको रूपमा आफ्नो भूमिका समाप्त भएको बताए पनि ब्याट्सम्यानको भूमिकामा सहयोग गर्ने बताए।

प्रतिक्रिया