कुहिने र नकुहिने फोहर छुट्याउन अटेरी गरे हरेक पटक पाँच सय रुपैयाँ जरिबाना

काठमाडौं– काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह गरेको छ।

फोहर पृथकीकरणबारे सूचना निकालेर महानगरले जैविक र अजैविक फोहर छुट्याउन नगरवासीलाई अनुरोध गरेको हो। कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै संकलन गरिने महानगरको वातावरण तथा कृषि विभागले जनाएको छ।

फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार स्रोतमा नै फोहरको पृथकीकरण गर्न लागिएको हो। कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने र नकुहिने फोहर संकलन गर्न आउने दिन नकुहिने फोहर उठाउने महानगरले जनाएको छ ।

स्रोतमा नै फोहरको पृथकीकरण नगरे फोहोर संकलन नगर्ने र फोहर मैला व्यवस्थापन ऐनअनुसार हरेक पटक पाँच सय रुपैयाँ जरिबाना हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया