बार परिसरमा गएर कानुन व्यवसायीलाई धम्की दिने दुई जना पक्राउ

काठमाडौँ  । बिहीबार नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवसायीहरुलाई बार परिसरमा धम्की दिएका थिए ।

उनीहरुले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर कुटपिट गर्ने धम्की दिएका थिए । ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया