बेनिजिर भुट्टोका छोरा पाकिस्तानको विदेशमन्त्री बन्न सक्ने

इस्लामाबाद। पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोको छोरा बिलावल भुट्टो पाकिस्तानको नयाँ विदेशमन्त्री बन्ने सम्भावना बलियो भएको छ। पूर्वक्रिकेटर इमरान खानको सरकार ढालेपछि बनेको नयाँ मन्त्री मण्डलमा बिलावलले विदेश मन्त्रालयको महत्वपूर्ण पद पाउने लगभग पक्का छ।

पाकिस्तानी अखबारहरूले मंगलबार राती नवनियुक्त प्रधानमन्त्री सहबाज शरिफले मन्त्री मण्डल विस्तार गर्ने बताएका छन्। अहिलेको सरकार १२ वटा दल मिलेर बनेको छ। बेनिजिरका श्रीमान आसिफ अली जर्दारीले लामो समयदेखि सम्हाल्दै आएको पाकिस्तान पिपल्स पार्टीमा बिलावल नेताको रूपमा स्थापित छन्।

सोमबार राती पूर्वप्रधानमन्त्री नवाज शरिफका भाई सहबाजले पाकिस्तानको २३ औं प्रधानमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ लिएका थिए।

पाकिस्तानको न्युज च्यानल जियो न्युजका अनुसार सहबाजको क्याबिनेटमा पाकिस्तान मुस्लिम लिग ९नवाज० को प्रभाव अधिक रहने छ। सहबाज मुस्लिम लिगका अध्यक्ष हुन्। बिलावललाई विदेश तथा उप–प्रधानमन्त्रीको पद दिनसक्ने सम्भावना पनि प्रबल छ। 
 

प्रतिक्रिया