चर्चित गायिका ब्रिटनी स्पियर्स तेस्रो बच्चाको आमा बन्दै

अमेरिकी गायिका तथा डान्सर ब्रिटनी स्पियर्स तेस्रो सन्तानको आमा बन्न लागेकी छिन्। ४० वर्षीय यी पप गायिकाले ११ अप्रिलमा सोसल मिडियामा एउटा पोस्ट जारी गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन। उनले आफ्नो प्रेमी शेम असगरीसँगको फोटो सेयर गर्दै यसको जानकारी दिएकी हुन्।

उनले आफ्नो इन्स्टामा सेयर गरेको क्याप्सनमा उल्लेख छ, ‘माउ घुम्ने क्रममा मैले थुप्रै तौल घटाएकी थिए, सायद फेरि बढाउनको लागि रहेछ। म सोचिरहेकी थिए, मेरो पेटलाई एक्कासी के भयोरु पछि श्रीमानले भने– तिमी आमा बन्न लाग्यो। यसपछि शरीरको परीक्षण गर्दा आमा बन्न लागेको थाहा भयो।’

उनले आफ्नो पोस्टमा बच्चा हुर्काउने क्रममा आफू डिप्रेसनमा गएको जानकारी पनि दिइन। ‘यो निकै कष्टदायक अवस्था हो। किनभने जतिबेला म प्रिगनेन्ट थिए, मलाई पेरिनेटल डिप्रेशन भयो। म सबैलाई भन्न चाहन्छु, यो एकदमै विभत्स्य हुन्छ। मलाईहरू पहिले यस विषयमा कुरा गर्न डराउँथे। कसैले आफ्नो अवस्था सुनाए भने अरुले खतरनाक मान्थे। तर, हिजोआज म यस्तो महिलाहरूसँग कुराकानी गरिरहेको हुन्छु।’

यसअघि ब्रिटनीले केभिन फेडरलाइनसँग बिहे गरेकी थिइन। त्यो जोडीबाट सिन प्रेस्टन ९१६० र जेडेन जेम्स ९१५० को जन्म भएको थियो।

ब्रिटनीका हालका श्रीमान सेम असगरीले पनि उनी आमा बन्न लागेको पुष्टी गरे। उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘विवाह र बच्चा बलियो सम्बन्ध तथा प्रकृतिको देन हो। बुवा बन्न म लामो पखाईमा थिए। यो भूमिकालाई म हल्का रूपमा लिन चाहन्न।’

ब्रिटनी र सेमले सन् २०२१ को सेप्टेम्बरमा बिहे गर्ने घोषणा गरेका थिए। 

प्रतिक्रिया