सरिफले लिए पाकिस्तानी प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ

काठमाडौं– शाहबाज सरिफले पाकिस्तानी प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन्।

सोमबार साँझ सिनेटका अध्यक्ष सादिक सन्जरानीले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए। कार्यक्रममा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का उपाध्यक्ष मरियम नवाज, क्याप्टेन (सेवानिवृत्त) मुहम्मद सफदर र अन्य नेताहरू पनि उपस्थित थिए।

कार्यक्रममा बिलावल भुट्टो, युसुफ रजा गिलानी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो।

यसअघि शहबाजलाई राष्ट्रपति आरिफ अल्वीले शपथ खुवाउने कार्यक्रम तय भएको थियो। तर, शपथ खुवाउने अन्तिम समयमा राष्ट्रपति अल्वी अस्वाथ्य रहेको भन्दै कार्यक्रम अनुपस्थित भएका हुन्।

राष्ट्रपति अल्वीको कार्यालयले सामाजिक सञ्जालमार्फत् उनको स्वास्थ्य राम्रो नरहेको जानकारी दिएको छ। ‘राष्ट्रपति अल्वीलाई चिकित्सकले जाँच गरी केही दिन आराम गर्न सल्लाह दिएका छन्,’ कार्यालयले भनेको छ।


यस्तो अवस्थामा चिकित्सकले उनलाई केही दिन आराम गर्न सल्लाह दिएका छन्। अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सन्जरानीले शाहबाजलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

प्रतिक्रिया