योगी आदित्यनाथको ट्वीटर अकाउन्ट ह्याक

लखनउ। एजेन्सी 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आधिकारीक ट्वीटर अकाउन्ट राती ह्याक भएको छ। ह्याकर्सले शनिवार राती १२ः३४ मिनेटको वरिपरि अकाउन्ट ह्याक गरेका हुन्। उनको ह्याक भएको ट्वीटरमा २५ मिनेटमा ५० भन्दा बढी ट्वीट भएको छ। 
योगी गत महिना मात्र बहुमतसहित पुनः उत्तर प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका थिए। उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो प्रदेश हो भने उनी लगातार दोस्रो कार्यकालका दोहर्याउने पहिलो मुख्यमन्त्री हुन्। 

ह्याकर्सले मुख्यमन्त्रीको प्रोफाइल पिक्चरसमेत परिवर्तन गरेका थिए। तर, मुख्यमन्त्री कार्यालयले २५ मिनेटपछि १ः१० मिनेट जाँदा प्रोफाइल पिक्सरलाई दुरुस्त गरेको थियो। यसपछि ट्वीट भएको सबै ५० ट्वीट डिलिट गरिएको भारतीय मिडियाहरूले जानकारी दिएका छन्। 

यो घटनामा हालसम्म कसैको विरूद्ध उजुरी परेको छैन। 

प्रतिक्रिया