बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने 

काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवले नेपालमा टेलिभिजन स्थापना गर्ने भएका छन् । 

पतञ्जली योगपीठ नेपालले ‘पतञ्जली नेपाल टिभी’ र ‘आस्था नेपाल टिभी’ सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो । 

दुबै टेलिभिजनको उद्घाटन शुक्रवार पतञ्जलीको कार्यालय बालुवाटारमा हुँदैछ । उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने कार्यक्रम छ । 

कार्यक्रममा बाबा रामदेवसहित, आचार्य बालकृष्ण र भारतका मन्त्री नीतिन गडकरीको पनि सहभागिता हुने पतञ्जली योगपीठ नेपालले जनाएको छ ।  

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको योगपिठले जनाएको छ । 

प्रतिक्रिया