नेपालमा बक्सिङको सम्भावना राम्रो छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले बुधबार साँझ गरेको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेल भएकाले स्तरोन्नतिका लागि सरकारको तर्फबाट सक्दो सहयोग गने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुष्पराज पन्तका अनुसार सङ्घको निमन्त्रणामा महासङ्घका अध्यक्ष उमरसहित छ सदस्यीय टोली नेपाल आएको हो । भेटका क्रममा महासङ्घका अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्नसक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उमरको टोली तीन दिनसम्म नेपालमा रहने छ ।

प्रतिक्रिया