गोविन्द आचार्यको 'दङ्गि उर्वशी'

काठमाडौंं । अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा कवि डा. गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्य विमोचन गरिएको छ ।

सोमबार सताव्दीपुरुष सत्यमोहन जोशीले महाकाव्यको विमोचन गरेका हुन् ।  महाकाव्य विमोचन गर्दै  जोशीले इतिहास साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव भएको र तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व भएको बताए ।  महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा खुशी लागेको जोशीले बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल. प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले महाकाव्यकारलाई बधाई र शुभकामना दिंदै समालोचकीय मन्तव्य राखेका थिए ।

ख्यातिप्राप्त गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचनमा लोकप्रिय कवि इन्दिरा दाहाल लगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेर समारोहलाई काव्यिक सौन्दर्यको रसपान गराएका थिए ।

महाकाव्यकार आचार्यले आफ्नो मन्तव्यमा आफ्नो काव्य यात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्कदै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वानुभूति राखेका थिए । 

275942399_4906183226140309_1528008609563909666_n

प्रतिक्रिया