प्रधानमन्त्रीद्वारा खिम्ती सबस्टेसनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूखिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री देउवाले रामेछापको देवीटारमा एक कार्यक्रमबीच न्यूखिम्ती सबस्टेसनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए । देउवाले शनिवारै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकनमा गर्ने कार्यक्रम समेत छ ।

निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्दै देउवाले ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने जनाइएको छ । माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो । २२०/१३२ केभी क्षमताको खिम्ती सबस्टेसन केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सबस्टेसन हो।

प्रतिक्रिया