एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन हुँदैनः नेता सिंह

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् ।

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भइरहेको विवादको मुकदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ ।’ नेता सिंहको भनाई थियो ।

साथै उनले बर्तमान स्थितिमा अर्लिइलेक्सनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए । उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहोर्याए । वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाई छ ।

प्रतिक्रिया