कृषिमन्त्री शाहीद्वारा पद तथा गोपनियताको शपथ

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन् ।

शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार सहकारी मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्री शाहीले मङ्गलबार नै पदबहाली गरेका छन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया