सत्ता गठबन्धन टुट्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आफूलाई भेट्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रचण्डले गठबन्धन नटुट्ने भएकाले ढुक्क हुन आग्रह गरेका हुन् ।

पौडेलसँगको भेटमा प्रचण्डले सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष प्रचण्डले बताए ।

प्रचण्डले भने,‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भनें ।’ पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया