सरिता अर्यालको ‘खुसीको फड्को’

काठमाडौं । समुद्र सतह भन्दा ४० हजार फिटमाथि आकासमा सरिता अर्यालको चौथो कृति ‘खुसीको फड्को’ कथा सङ्ग्रहको विमोचन गरिएको छ । कतार एयरबाट अमेरिका जाँदै गर्दा ८४ वर्षीय अर्यालकी आमा लक्ष्मी न्यौपानेको हातबाट विमोचन भएको हो ।

नेपाल स्रष्टा समाजबाट प्रकाशित ‘खुसीको फड्को’  कथा सङ्ग्रहभित्र १४ वटा कथा छन् । कोरोना कहरका कारण मानिस भेला गरेर कुनै पनि कार्यक्रम गर्न नपाइने सरकारी सूचनालाई मध्य नजर राखेर विमोचन यो नौलो तरिका अपनाएको लेखक अर्यालको भनाइ छ ।

प्रतिक्रिया