मोरिससविरुद्ध नेपालको दोस्रो जित

काठमाडौँ । मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको दोस्रो खेल नेपालले एक शून्य गोलले जितेको हो ।

नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए । यसअघि गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले एक शून्यको गोल अन्तरले जितेको थियो ।

खेलको दोस्रो हाफमा मोरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए । यस्तै नेपाल र मोरिससका खेलाडीबीच तनाव उत्पन्न भएपछि मैदान प्रवेश गरेका नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायलाई समेत रातो कार्ड दिइएको थियो । 
 

प्रतिक्रिया