विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौतामा प्रधानमन्त्रीको भूमिकाले सन्देह पैदा गरेको बताएका छन् । आइतबार सामाजिक संजालमार्फत रावलले एमसीसी पारित नभए गठबन्धन सरकार नै भंग गरिदिने चेतावनी दिने प्रधानमन्त्री नेपालीको कि, विदेशीको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’
 

प्रतिक्रिया