चार खेलाडीमाथिको कारबाही फिर्ता लिने क्यानको निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ। बिहीबार बसेको क्यानको बैठकले पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले ओमन भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरु विक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्तास्वरुप जनही एक लाख र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सोमपाल कामीको ग्रेडलाई लिएर यसअघि सुरु भएको विवादले गर्दा क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो। उनीहरु लगायत चार खेलाडीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
यसैक्रममा सन्दीप लामिछानेले राष्ट्रिय टोलीको कप्तानी पाएका थिए।

272778264_306737771482610_6628686000444230564_n

प्रतिक्रिया