अदिप्त प्रकाशको ‘संवेदनाको विज्ञप्ति’

काठमाडौं । कवि अदिप्त प्रकाशले कविता कृति ‘संवेदनाको विज्ञप्ति’ प्रकाशन गरेका छन् । 
 
वरिष्ठ कवि, प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले काठमाडौको थलीमा आयोजित कार्यक्रममा कविता संग्रह ‘संवेदनाको विज्ञप्ति’को विमोचन गरे । 

तरेली साहित्य प्रतिष्ठानले आयोजना गरेको कृति लोकार्पण कार्यक्रमको सभापतित्व कविका पिता शिव बहादुर थापाले गरेका थिए । अधिवक्ता रविकुमार सिलवालको स्वागत मन्तब्यसँगै प्रारम्भ भएको कार्यक्रममा थुप्रै वक्ताले कविको रचना वाचन गरेका थिए । लोकार्पित कृतिबारे कवि प्रकाश लम्घालीले समीक्षा र टिप्पणी गरे । 

कागेश्वारी मनोहरा जोरपाटी क्षेत्रका साहित्यिक सर्जक,  साहित्यानुरागी र जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न  कार्यक्रममा विभिन्न शैशिक प्रतिष्ठानका प्राज्ञिक व्यक्तिहरुले शुभकामना दिएका थिए । 

जनताका प्राज्ञ भनेर परिचित वेदमणि घिमिरेको ओजपूर्ण मन्तव्य कार्यक्रमको अर्को आकर्षण थियो । युवा साहित्यकार सरोज धितालको आकर्षक र कलात्मक संचालनले सहभागी साहित्यप्रेमीको मन जितेको थियो । 

‘काठमाडौँको कर्णाली’ भनेर परिचित काँठ क्षेत्रमा साहित्यप्रेमी र सर्जकको बाक्लो उपस्थिति देखे प्राध्यापक ज्ञवालीले भने्, ‘काँठ होइन साहित्यको केन्द्र बन्दैछ ।’कवि अदिप्त प्रकाशले आफ्नो साहित्यिक यात्रा र कृति रचना अनुभूति पस्कदै सहभागीप्रति कृतज्ञता व्यक्त गरे । 

प्रतिक्रिया