आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ मूल्यबृद्धि गरेको हो । ग्यासको भने निगमले मूल्य यथावत राखेको छ । 

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । समायोजन पश्चात पनि भारतभन्दा नेपालमा नै मूल्य सस्तो भएको निगमको भनाइ छ ।

271720599_4594414344020898_5540455386037731216_n_gbc1Vz7lgS
 

प्रतिक्रिया