तीन प्रदेशका प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रदेश एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार उनीहरूलाई नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया