काठमाडौं । इण्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सले जित हातल पारेको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो । टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाए । यसैगरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए ।
गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने अशोक शर्मा र रासिद खानका नाममा १–१ विकेट । साई सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे। अन्तिम २ ओभरमा जितका लागि १५ रन आवश्यक रहेकामा गुजरातले ८ रन मात्रै जोड्न सक्यो ।
प्रतिक्रिया