पश्चिम एशिया तनावले इन्धनको संकट गहिरिँदो

काठमाडौं । इरानमा जारी युद्धले आधा महिना पूरा गरिसक्दा पनि अन्त्य हुने कुनै संकेत देखिएको छैन। यसले विश्व अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याएको छ।

तेल र ग्यासको अभाव

होर्मुजको खाडीको जलमार्ग बन्द हुँदा विश्वको २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ। मार्चमा मात्र ७७ वटा जहाज यस मार्गबाट जान सकेका छन्, जबकि गत वर्ष यही समयमा १,२२९ जहाज गएका थिए। कच्चा तेलको मूल्य ११ प्रतिशतले बढेर १.१४ डलर प्रति ब्यारेल पुगेको छ।

हवाई यात्रा र यातायातमा असर परेको छ भने महँगो हवाई भाडाले गर्दा यात्रुहरु स्तव्ध भएका छन् । इन्धनको मूल्य बढेपछि एयरलाइन्सहरूले फ्युल सरचार्ज थपेका छन्, जसले गर्दा हवाई यात्रा महँगो भएको छ।

मध्यपूर्वमा चल्ने लगभग ५२,००० उडानहरू रद्द भएका छन्, जसबाट ६० लाख यात्रु प्रभावित भएका छन्।

कृषि र औद्योगिक संकट बढ्दै गएको छ । मलको अभाव चुलिएको छ । इरान युद्धका कारण विश्वभर मल र एल्युमिनियमको आपूर्ति श्रृङ्खला बिग्रिएको छ।

अमेरिकाले संकट टार्न भेनेजुएलाबाट तेल, ग्यास, युरिया र फस्फेट आयात गर्न नयाँ लाइसेन्स जारी गरेको छ।

अस्ट्रेलियामा तेलको माग शतप्रतिशतले बढेको छ। किसानहरूले इन्धन पाइरहेका छैनन् र देशसँग अब मात्र ३७ दिनको लागि पुग्ने तेल भण्डार छ।

धेरै अफ्रिकी देशहरूसँग १५ देखि २५ दिनको मात्र तेल बाँकी छ, जबकि अन्तर्राष्ट्रिय मापदण्ड ९० दिनको हुनुपर्छ।

युरोपका सर्बिया र पोर्चुगल जस्ता देशहरूले जनतालाई राहत दिन इन्धनमा लाग्ने कर कटौती गरेका छन्। भारतका लागि रसियाबाट सस्तो तेल किन्नु अब चुनौतीपूर्ण र महँगो बन्न सक्छ। साथै, स्वदेशमा ग्यासको अभाव र हवाई टिकटको मूल्य वृद्धिले सर्वसाधारणलाई असर गरिरहेको छ। एजेन्सीहरुबाट

प्रतिक्रिया