निर्वाचन आयोगमा कांग्रेस आधिकारिकता बहस: बिहान खड्का गए, अब थापा जाने

काठमाडौं । विशेष महाधिवेशनपछि आधिकारिकताको बहस चलिरहेका बेला नेपाली कांग्रेसका दुइ पक्ष निर्वाचन आयोगमा कागजात र प्रमाण सहित आफ्नो दावी पेश गरिरहेका छन् ।

पूर्ण बहादुर खड्का कार्यबाहक सभापति रहेको नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे पूर्णत अनभिज्ञता प्रकट गर्दै आफू नै आधिकारिक कांग्रेस पार्टी भएको दलील पेश गर्दै विशेष महाधिवेशनमा सहभागी भएका झण्डै हजार प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दावी गरेको छ । आज शुक्रबार बिहान नेताहरुको टोली आयोग पुगेर कागजात प्रस्तुत गरेको थियो । यो समूहका प्रचार प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशनलाई काठमाडौं जिल्लाको अधिवेशन होला भनेर व्यंग गरेका छन् । 

यसैगरी विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापासहितको टोली पनि आजै अपरान्ह निर्वाचन आयोग जाने भएको छ । विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार आज २ बजे सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरु आयोग पुगेर आफ्नो पक्ष प्रस्तुत गर्ने छन् । सभापति थापाले यसअघि पनि विशेष महाधिवेशन सम्बध्द कागजात र प्रमाणहरु आयोगमा प्रस्तुत गरिसकेका छन् ।

आज बिहान देउवा समूहमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा। शेखर कोइराला, शशांक कोइराला सहितका नेताहरु निर्वाचन अयोग पुगेर आफूहरु नै आधिकारिक भएको दावी गरेका थिए । 

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको दाबी गरेको हो ।

गगन नेतृत्वको नेपाली कांग्रेसले आधिकारिताको दाबी गर्दै आयोगमा पत्र बुझाएको भोलिपल्ट आज कार्यवाहक सभापति खड्का पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनहरूसहित आयोग पुगेका थिए ।

प्रतिक्रिया