महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए । उनले भने, ‘उहाँहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी आजैदेखि लागू हुनेगरी निष्कासित गर्ने निर्णय भएको छ ।’ पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन गर्ने निर्णय गरिएको हो । बैठकले विशेष महाधिवेशनमा गएकाहरूलाई फर्किनसमेत आग्रह गरेको छ । ‘आकर्षण र लहैलहैमा लागेर साथिहरुले पार्टीको हित विपरित कार्य गर्ने अन्य पदाधिकारीहरुलाई पार्टीमा फर्कन आव्हान गरेको छ ।’ उनले भने । वार्ता गर्दा पनि उचित निर्णयमा पुग्न नसक्दा यो कठोर निर्णयमा पार्टी पुगेको उनले बताए ।

प्रतिक्रिया