काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । बुधबार ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रतिक्रिया