एमसीसी परियोजना फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले मिलेनियम चालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकासँग आग्रह गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गरी गौतमले एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि अहित हुने देखिएकाले फिर्ता लिन अमेरिकी सरकारलाई आग्रह गरेका हुन् । उनले एमसीसी नेपाल सरकार र संसद्ले पनि अनुमोदन गर्नसक्ने अवस्था नरहेको र यस्तो अवस्थामा सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता लिन आग्रह गरेका छन् ।

गौतमले भनेका छन्, ‘एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनको कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएकाले छ । नेपालमा अहिलेको जटिल अवस्थामा जुन प्रकारको सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता लिन विनम्र अनुरोध गर्दछु ।’

प्रतिक्रिया