काठमाडौं । नेपाली काङ्ग्रेसका नेता मोहन बस्नेतले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठक अघि संचारकर्मीहरुसँग कुराकानी गर्दै विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव मात्र हुने, त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचिन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउने भएकाले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताए । उनले भने, ‘युवा पुस्ता भनेर व्यक्ति केन्द्रित हुनु भएन् । मैंले मेरो जिल्लामा २९ वर्षको युवालाई प्रदेश सभाको टिकट दिलाएर चुनाव जिताएर आएको मान्छे हुँ । युवा मात्र होइन्, महिलाको कुरा पनि आउँछ । प्रदेशभर दुई जना महिलाले चुनाव जित्नु भएको छ । त्यसैले मैंले भन्न खोजेको के हो भने युवा वा पुस्तान्तरणको कुरा गर्ने अनि विशेष महाधिवेशन भनिरहेका छौं । विधानले विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिको पदाअधिकारी र सदस्यको चुनाव मात्र हुन्छ । त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचिन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउँछन् । त्यसैले यतिबेला विशेष महाधिवेशन युवा पुस्ताको लागि छदैँ छैन् । र यो प्रजातान्त्रिक पनि छैन् ।’
यस्तै, उनले विवाद टुंगाएर सकेसम्म यही मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने बताए । संभव नभए कति महिना थप्न पर्छ थपेर नयाँ पुस्तालाई सबैलाई समेटेर नियमित महाधिवेशनका गरेर नेतृत्व चयन गरिनुपर्ने बताए । उनले भने, ‘नियमित महाधिवेशनको प्रक्रियामा जानुपर्छ । नियमित महाधिवेशन गर्नको लागि जो जो पदाधिकारी अहिले विशेष महाधिवेशन भनेर कराई रहनुभएको छ उहाँ मध्य नै एक जनालाई क्रियाशील सदस्यता छानबिन एवम व्यवस्थापन र अधिवेशनमा जानको लागि तयारी गर्ने प्रक्रियामा जानेगरी संयोजक बनाएको छ । त्यसैले क्रियाशिलताको विवाद टुंगाएर मंसिरमा नियमित महाधिवेशन गरौं भन्न चाहन्छु । यदी सकिदैन भने कति महिना थप्न पर्छ थपौ । तर नयाँ पुस्तालाई सबैलाई समेटेर नियमित महाधिवेशनका गरेर नेतृत्व छानौं ।’
प्रतिक्रिया