एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया