म रोएँ

-शिवप्रसाद पोखरेल 

भदौ २३ गते सोमबार स्कुलमा अध्ययन गरिरहेका साना अवोध बाबुहरुलाई सरकारले दम्भका साथ बन्द गरेको सोसल मिडिया ९फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत०लाई निहुँ बनाएर सबै आन्दोलन गर्नका लागि जेनजीको नाम दिएर जम्मा गरे। क्षणमै खुशी हुने, क्षणमै रिसाउने, आफ्नो विचार मात्र सही हो भन्ने र दायाँ बायाँ सोच्दै नसोची बाबा आमालाई पनि जानकारी नदिई आन्दोलनमा होमिएका १९ जना भन्दा भन्दा बढी युवालाई सन्काउनका लागि लाठे भुसतिघ्रेहरु पछाडी, अपराध मात्र गर्ला जन्सो भुसतिघ्रे पर्दा पछाडी बसेर सन्काई दियो अनि साना भाईहरु उक्साहटमा लागेर संसद भवन भित्र जान कस्सिए। त्यहि बखत कतैबाट परिचालित मानिसको जस्तै आकार भएकाहरुले गोली नसकिए सम्म भुटुङ टुङ बनाई दिए। नेपालमा कहिल्यै नभएको र कसैले नसोचेको भयो। साँच्चैको मानिसहरु सबैको मन छिया छिया बनायो। एकाघरका परिवारलाई त बज्रपातनै भयो अन्य राम्रो मन भएका धेरै मानिसलाई नरमाइलो र मन रुवायो। 

भदौ २४ गने मंगलबार नेपालका इतिहासमा विश्वसामु नेपाल र नेपाली भित्र लुकेको बेइमानी, अपराधी छवी, जुनै बेला बहुलाउन सक्ने अमानविय व्यवहार, चोरी डकैटी गर्ने बानी सबै एक दिनमानै देखाई दिए। कुन जेन्जी बुङगाले लिन्छन हाम्रो पुर्खाहरुले जोगाएर राखेको इतिहासको धरोहर सिंहदरबारको क्षति, सर्वोच्च अदालतको आगजनी र धन जनको क्षतिरु बल्ला बल्ल बनाएका प्रहरीचौकीको आगजनी, अनि हाम्रै सुरक्षाको लागि खटिएका प्रहरीहरुलाई मार्ने काम अनि दशौं हजारलाई रोजगारी दिएर देशका लागि कर भुक्तानी गरिरहेका व्यवसायीहरुको धनजनको क्षति, चोरी डकैतीरु यस किसिमको नितान्त अपराध इतिहासमा कहिल्यै नदोहोरियोस्। मंगलबार देश सकिएको सम्झिएर निद हरायो र रुन बाध्य बनायो। म रोएँ, अव देश सांच्चिनै सकियो। 

यो देशमा हावापानी राम्रो छ भन्छु विविधताले भरिएको छ पनि भन्छन ठग अनि झुट्बोल्नेहरु तर यस देशको परिभाषा अव बोल्न पर्दैन भदौ २४ गते झलनाथ खनालको घरमा आगलागी पश्चात जम्मा भएर ठट्टा गर्दै खुशी मनाइ रहेका पदुवईहरु, अनि त्यत्रो क्षति गर्दा सम्म रमिता हेरेर बस्ने झण्डै लाखको सँख्यामा रहेका बदुंवाहरु, श्रीपेचको रक्षाको लागि बनाएको बेकामे ३५हजार हाराहरीका टाटेहरु, अनि अघिल्लो दिन भुटुङटुङको ट्याग लागेका झण्डै ७६ हजार बहुरुपि लाखेहरु, थुइक्क तिमिहरुलाई विश्वास गरेर बस्ने म लगायतका ३ करोड नेपालीहरु, थुइक्क भो। 

नेपाल मानिस बस्न योग्य देशनै हो भनेर भन्नका लागि पहिला व्यक्तिको घर अनि सार्वजनिक सम्पत्तिमा आगोलगाउने बुङगाहरुको पहिचान गरेर झुण्ड्याई दिए हुन्छ। अनि कलिला जेन्जीको नाममा प्रयोग भएका बाबुहरुको परिवारको माग अनुशार क्षतिपुर्ती दिनु पर्छ। देशलाई प्रयोगशालाको रुपमा विकसित गर्न केकेहरु स्वयंले आफ्नो भूमिका रहेको खुलाएका छन्। रातमा सक्रिय चमेरा, दिनमा भाइरसको रुपमा उपत्सिथ जिका भाइरस, आफ्नै विश्वास नभएको टोपीवाला लगायतले खेल्ने ठाउँनै नर्हुदा पनि अझै खेल्न खोज्दैछन्। देश रोयो म रोएँ। 

प्रतिक्रिया