काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया