'हाम्रा पूर्वजहरुसँग अरु कसैको तुलना हुन सक्दैन'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने बताएका हुन् ।

उनले हाम्रा पूर्वजहरुसँग अरु कसैको तुलना हुन नसक्ने बताए । उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेकोसमेत दाबी गरे । उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको बताए । अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको बताए ।
 

प्रतिक्रिया